नेशनल प्याब्सनको रजत महोत्सव बुधबार हुने

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) को २५औं स्थापना तथा रजत महोत्सव बुधबार हुने भएको छ । काठमाडौँको राष्ट्रियसभा गृहमा उपराष्ट्रपति नन्दबहाुर पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न हुने नेशनल प्याब्सनका अध्यक्ष पाण्डव हमालले जानकारी दिए । अध्यक्ष हमालका अनुसार कार्यक्रममा लोक नृत्य र वक्तृत्वकला लगायतका विविध कार्यक्रमहरू हुनेछन् । देशभरीका नेशनल प्याब्सनमा आपद्ध विद्यालयहरूबाट छनोट भई आएका विद्यार्थीहरूबीच प्रतिस्पर्धा हुनेछ । जिल्ला स्तरीय र प्रदेशस्तरीय कार्यक्रमहरू सम्पन्न भइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्