अन्तर्राष्ट्रिय तेक्वान्दोमा मदरल्याण्डका पाँच विद्यार्थीलाई पदक

भक्तपुर, पुस १९ गते । भारतको चेन्नईमा २०२२ डिसेम्वर २७ र २८ मा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको टिमबाट सहभागि मदरल्याण्ड स्कुलका ५ विद्यार्थीहरुले स्पारिगं र प्याटर्न दुवै विधामा पदक जित्न सफल भएका छन् । पदक विजेता विद्यार्थीलाई मदरल्याण्ड स्कुल भक्तपुरले विद्यालयमा बधाई तथा शुभकामना प्रदान गरेको छ ।

विद्यालयमा खेलाडी तथा अभिभावकहरुलाई शुभकामना सहित सम्मान गरिएको थियो। विद्यालय प्रागंणमा विद्यालयका संस्थापक प्रिन्सिपल संजय खड्का, संचालक शर्मिला देउजा लगायतले सम्मान गरेका थिए । साथै आइटीएफ नेपालका अध्यक्ष लक्ष्मण बस्नेत र विद्यार्थी पठाउन सहमती एवं सहयोग गर्नु हुने अभिभावकहरुलाई पनि हार्दिक कृतज्ञता प्रकट गरिएको थियो। प्रतियोगितामा मदरल्याण्डका जयराम (प्रविन) विक, निकेश भूजेल, विनोद विक, अर्जुन तामाङ र आरती सिगंख्वाल पाँच जना सहभागी थिए ।

उक्त प्रतियोगितामा जयराम (प्रविन) विकले १ गोल्ड र १ सिल्भर मेडल, निकेश भूजेलले १ गोल्ड र १ सिल्भर मेडल, विनोद विकले १ सिल्भर र १ ब्राउन्च मेडल, अर्जुन तामागंले २ ब्राउन्च मेडल र आरती सिगंख्वालले १ सिल्भर र १ ब्राउन्च मेडल जित्न सफल भएका थिए । भारतको चेन्नईस्थित तमिलनाडु फिजिकल एजुकेसन तथा स्पोर्ट्स युनिभर्सिटीमा सम्पन्न अन्तर्राष्ट्रिय तेक्वान्दो आईटीएफ प्रतियोगितामा नेपालले १२ स्वर्ण, ९ रजत र ४ कांस्य जितेका छन् । प्रतियोगितामा नेपालबाट सहभागी महिला ३ र पुरुष १२ खेलाडीले पदक जितेका थिए ।

नेपालकी सस्मीनि बस्नेतले अम्पाएरको भूमिका निर्वाह गरेकी थिईन भने तेक्वान्दो आईटीएफ़ नेपालका संस्थापक अध्यक्ष तथा अन्तर्राष्ट्रिय ए क्लास रेफ़्री लक्ष्मण बस्नेतले प्रतियोगितामा निर्देशकको भूमिका निर्वाह गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्