यि हुन् एमालेबाट मन्त्री बन्ने सम्भावित अनुहारहरु !

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठन भएसँगै कुन पार्टीबाट को मन्त्री बन्ने चर्चा सुरु भएको छ । सत्तारुढ गठबन्धनको सबैभन्दा ठुलो दल नेकपा एमालेले चार जना मन्त्री सरकारमा पठाइसकेको छ । उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मेवारीसहित धनकुटाका राजेन्द्रकुमार राई, बाराकी ज्वालाकुमारी साह र बैतडीका दामोदर भण्डारीले विना विभागीय मन्त्रीका रूपमा शपथ खाइसकेका छन् ।

यी बाहेक एमालेले पर्वतका पदम गिरी, कास्कीका विद्या भट्टराई, सुनसरीका भगवती चौधरी,अर्घाखाँचीका टोपबहादुर रायमाझी, झापाका देवराज घिमिरे, धनुषाका रघुवीर महासेठ र रुपन्देहीका छविलाल विश्वकर्मालाई मन्त्री बनाउने सूचीमा राखेको छ । यीमध्ये एक जना सभामुख बन्नेछन् । जसमा सभामुखको सम्भावना छविलाल विश्वकर्माको बढी छ । यद्यपि अध्यक्ष ओलीले क–कसलाई मन्त्री बनाउने भन्नेबारे केही शीर्ष नेतासँग सामान्य छलफल गरे पनि पार्टी कमिटीमा ठोस छलफल हुन बाँकी नै रहेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको भनाइ छ ।

सत्ता गठबन्धनमा आबद्ध सात दलमध्ये राप्रपा र जसपा सरकारमा जाने नजाने निर्णय भैनसकेकाले उपप्रधानमन्त्री पाएकाबाहेक अन्य मन्त्रीको मन्त्रालय तोकिएको छैन । सोही कारण जनमतका अब्दुल खानको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तय भए पनि उनलाई समेत जिम्मेवारी तोकिएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्