प्रधानमन्त्री प्रचण्डको शपथ आज

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिने भएका छन्।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आइतबार संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। नवनियुक्त प्रधानमन्त्री प्रचण्डले सोमबार अपरान्ह ४ बजे राष्ट्रपति निवास शितल निवासमा शपथ लिने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपतिले शपथ खुवाउने कार्यक्रम छ। प्रचण्ड एमालेसहित ७ दल र केही स्वतन्त्र सांसदहरूको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। प्रचण्डले आज सानो आकारमा मन्त्रिमण्डल पनि गठन गर्ने सम्भावना छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्