चौलागाईं प्रतिष्ठानको केन्द्रीय अध्यक्षमा पुनः डा. रमेश चौलागाईं

काठमाडौँ – चौलागाईं प्रतिष्ठानको अध्यक्षमा पुनः डा. रमेश चौलागाई निर्वाचित भएका छन् । भक्तपुरको लोकन्थलीमा रहेको दिव्यश्वरी पार्टी प्यालेन्समा शनिवार साधारण सभा सम्पन्न गरी भएको अधिवेशनमा ३ वर्षीय कार्यकालका लागि डा. रमेश चौलागाईं सर्वसम्मत अध्यक्षमा चयन भएका हुन । प्रथम उपाध्यक्ष देवेन्द्र चौलागाई,द्दितिय उपाध्यक्ष चित्रकुमार सिके चौलागाई,तृतिय उपाध्यक्ष गोविन्द्र चौलागाई,महासचिव दिपक प्रसाद चौलागाई उपमहासचिवमा बाबुराम चौलागाई छन् ।

त्यसैगरी कोषाध्यक्ष(चन्द्रमणि चौलागाई,उपमहासचिव बाबुराम चौलागाई,सचिव मेनुका चौलागाई,सचिव आश्विन प्रसाद चौलागाई, सहकोषाध्यक्ष चन्द्रकुमारी चौलागाई रहेका छन भने सदस्यहरुमा अनिता चौलागाई,धनराज चौलागाई,रामप्रसाद चौलागाई,रेवति चौलागाई,प्रकाश चौलागाई, तिर्थराज चौलागाई र सुशील चौलागाई सहित १७ सदस्ययी केन्दीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । प्रतिष्ठानमा अध्यक्ष डा. चौलागाईंको नेतृत्वको यो दोश्रो कार्यकाल हो।

संस्थाको साधारण सभा र अधिवेशन कार्यक्रममा बागमती प्रदेश सभामा रामेछाप जिल्लाबाट प्रदेशसभा सदस्य युवराज चौलागाईं र समानुपातिक तर्फ काभ्रेपलाञ्चोक जिल्लाबाट सोही सभाको सदस्य निर्वाचित रुकु चौलागाईं, नेपाल सरकारका पुर्बमन्त्री कमल चौलागाईं लगायत देशभरबाट निर्वाचित चौलागाईं बन्धुहरुको भव्य उपस्थिति रहेको थियो । भारद्वाज संस्कृति सम्बर्धन केन्द्रका अध्यक्ष डा. शास्त्रदत्त पन्तको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा ए.पी. वान टेलिभिजनका एक्जुकेटिभ डाइरेक्टर टीकाराम चौलागाईं यात्रीको पनि सहभागीता थियो। प्रतिष्ठान देशभरिका चौलागाईं बन्धुहरुलाई सम्पर्क गरी सबैलाई बन्धुत्वको भावना सहित एकतावद्ध गराउने उद्देश्यले स्थापना भएको सामाजिक संस्था हो।

उक्त कार्यक्रमका अवसरमा प्रतिष्ठानका पुर्व अध्यक्ष होमनाथ चौलागाईं, ए.पी. वान टेलिभिजनका एक्जुकेटिभ डाइरेक्टर टीकाराम चौलागाईं यात्री वाग्मती प्रदेशसभा सदस्यद्वय युवराज चौलागाईं र रुकु चौलागाईं र नेपाल आईडल सिजन ३ की विजेता सज्जा चौलागाईंलाई दोसल्ला सहित विशेष सम्मान गरिएको थियो । सो अवसरमा देशभरबाट २०७९ सालको स्थानीय तह निर्वाचनमा बिभिन्न पदमा निर्वाचित ६५ जना चौलागाईं बन्धुहरुलाई सम्मान प्रदान गरिएको थियो ।

साथै कार्यक्रममा २०७५ र २०७६ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ठ जि.पी.ए. प्राप्त गर्ने चौलागाईं छात्र छात्रालाई कदरपत्र प्रदान गरिएको थियो । सो अवसरमा प्रतिष्ठानलाई योगदान गर्ने ५९ जना चौलागाईं बन्धुहरुलाई विशिष्ठ आजीवन सदस्यताको प्रमाणपत्र पनि प्रदान गरिएको थियो । २०५६ सालमा स्थापना भएको उक्त प्रतिष्ठानले चौलागाईं बन्धुहीत, भ्रातृत्व र सामाजिक सद्भाव बलियो बनाउन विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्