आजको मौसम : उच्च पहाडी क्षेत्रमा हिमपात, तराईमा हुस्सु

File Photo

काठमाडौँ – हाल देशका उच्च हिमाली भू-भागमा हल्का हिमपात र तराईँमा हुस्सु र कुहिरो लागिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गण्डकी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ। यस्तै देशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतः सफा रहनेछ। यस्तै सोमबार र मंगलबार प्रदेश १ र गण्डकी प्रदेशको हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ। देशका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना र तराईमा हुस्सु लाग्दा दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा सामान्य प्रभाव हुने भएकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।

यसैबीच काठमाडौंमा आज यो वर्षको कम तापक्रम मापन गरिएको छ। मौसमविद् हिरा भट्टराईका अनुसार आइतबार काठमाडौंमा ४ दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो। शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्