दार्चुला सदरमुकाम नजिकै महाकाली नदीमा एक महिलाको शव भेटियो

सांकेतिक तस्बिर

कैलाली –  दार्चुला सदरमुकाम नजिकैको महाकाली नदीमा बगेर शनिबार दिउँसो एक महिलाको मृत्यु भएको छ। महाकाली नगरपालिका ४ स्थित बङ्गाबगरबाट महाकाली नदीमा खसेर ब्यास गाउँपालिका १ छांग्रुकी अन्दाजी ७० वर्षीया बिन्दा ऐतवातको मृत्यु भएको हो।

महाकाली नदीले बगाएर ल्याएको महिलाको शव महाकाली नगरपालिका ४ स्थित डुम्पानी भन्ने ठाउँ (भारततर्फ) फेला परेको एक स्थानीयले बताए। भारतीय प्रहरिले ढुङ्गाको बीचमा अड्किएको शव निकालेर पोस्टमार्टमका लागि पिथौरागड जिल्लाको धार्चुला अस्पतालमा लगिएको जनाएको छ। नदीले ती महिलालाई कसरी बगायो भन्नेबारे यकिन जानकारी आइसकेको छैन। यसबारे अनसन्धान गर्ने प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्