बझाङमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु

बझाङ- बझाङमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका-८ सुकानाउँला घर भएका अन्दाजी ७२ वर्षीया गोपी बोहराको लडेर मृत्युु भएको हो । सदरमुकाम चैनपुरबाट शुक्रबार उपचार गराएर घर फर्किएका बोहराको गाडीबाट उत्रीएर मल्लावन भन्ने ठाउँबाट घर जाने क्रममा भीरबाट लडेर मृत्युु भएको स्थानीय रामबहादुर बोहराले जानकारी दिए । उनको शुक्रबार बेलुका लडेर मृत्यु भएको भएपनि स्थानीयले शनिबार दिउँसो मृत अवस्थामा फेला पारेका बोहराले बताए । अहिले उनको अन्तिम दाहसंस्कार गरिदैँछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्