सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ पुस ११ गते हुने

काठमाडाै‌ – सुदूरपश्चिमका नवनिर्वाचित प्रदेशसभा सदस्यको शपथ पुस ११ गते हुने भएको छ । अन्तिम परिणाम बुझाएको २० दिनभित्र प्रदेश प्रमुखले प्रदेशसभाको बैठक बोलाउनुपर्ने संवैधानिक व्यवस्था छ । पद तथा गोपनियताको शपथ ग्रहण गरेपछि बैठकको मिति तय गर्ने तयारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले नवनिर्वाचित प्रदेशसभा सदस्यलाई ११ गते पद तथा गोपनीयताको शपथ गराउने छन् ।

छाम क्षेत्र नम्बर २ को (२) बाट निर्वाचित ज्येष्ठ सदस्य ६८ वर्षीय मानबहादुर रावलले प्रदेश प्रमुखबाट सोही दिन शपथ ग्रहण गर्नेछन् । त्यसपछि रावलले नै अन्य ५२ जना प्रदेशसभा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।

प्रदेशसभा सचिवालयले ११ गते नै नवनिर्वाचित प्रदेशसभा सदस्यको स्वागतमा चियापान कार्यक्रम पनि आयोजना गर्ने भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्