खाेटाङमा भिषण आगलागि

सांकेतिक तस्विर

काठमाडौँ – खोटाङमा भीषण आगलागी हुँदा पाँच घर नष्ट भएको छ। सोमबार अपरान्ह साढे ५ बजे केपिलाशगढी गाउँपालिकामा रहेको बजारमा आगलागी भएको हो।

आगलागी हुँदा चार घर जलेर पूर्ण रूपमा क्षति पुगेको र अर्को घर भत्काएर आगलागी नियन्त्रणमा लिइएको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइँले जानकारी दिए।

आगलागी अहिले नियन्त्रणमा आइसकेको उनले बताए। यद्यपि यसमा कुनै मानवीय क्षति भएको छैन। प्रारम्भिक अनुसन्धानबाट त्यहाँ विद्युत सर्ट भएर आगलागी सुरू भएको प्रमुख जिल्ला अधिकारी सेडाइँले बताए। एकैनासमा रहेको घरहरूमा आगो सल्किँदै जाँदा ठूलो रूप लिएको हो। पछि आगलागी नियन्त्रण गर्न स्काभेटरको प्रयोग गरी घर नै भत्काउनु परेको सेडाइँले बताए।

स्थानीय प्रहरी, सेना तथा स्थानीयको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिइएको उनले बताए। यद्यपि त्यहाँ दमकल भने नभएको पाइएको छ। दिक्तेलमा रहेको एउटा दमकल पनि बिग्रिएको अवस्थामा हुँदा दमकल नपुगेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्