लागूऔषध सहित पक्राउ

काठमाडौं, सिरहा, बरियारपट्टी गाउँपालिका-३ बरियारपट्टी चोकबाट नियन्त्रित लागूऔषध रेक्सकफडिएक्स १ बोतल, नाइट्राभेट १२ पिस, स्पास्मो ६ पिस सहित सुखिपुर नगरपालिका-७ बस्ने २४ वर्षीय विजय मण्डललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

भोजपुर, भोजपुर नगरपालिका-६ देउराली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ४० मिलिग्राम र ३ थान मोबाइल सहित उदयपुर त्रियुगा नगरपालिका-९ बस्ने ३६ वर्षीय तिलक बहादुर बस्नेतलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त चोकमा शंकास्पद रुपमा हिँडिरहेका उनलाई प्रहरीले जाँच गर्ने क्रममा ज्याकेटमा लुकाई राखेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्