चितवन पुगेर प्रचण्डले भने – ‘गठबन्धनमा आलोपालो प्रधानमन्त्रीको सहमति भएको हो’

File Photo

चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीको समझदारी भएको बताएका छन् । सोमबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

लिखित तथा औपचारिक सहमति केहि नभएपनि छलफल भएको प्रचण्डको दाबी छ । प्रचण्डले भने, ‘‘त्यो पनि लिखित औपचारिक केही भएको थिएन । छलफल त पक्कै पनि थियो । हामीले गठबन्धन गर्दा आलोपालो गर्ने हो भन्ने कुरा चाहिँ भएकै हो ।’

माओवादी अध्यक्ष प्रचण्डले विगतमा जे जस्ता सहमति भएको भए पनि गठबन्धनमा रहेका दलहरुका बीच राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसुभामुखबारे प्याकेजमै सहमति खोजिने बताएका छन् । गठबन्धनमा रहेका दलहरुका बीचमा समझदारी भयो र मुलुकको नेतृत्व गर्ने अवसर प्राप्त भए आफू तयार रहेको र प्रधानमन्त्रीमै समझदारी नभए अरु पनि हुन सक्ने उनको भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्