काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह : विश्वविद्यालय राजनीतिक मुक्त हुनुपर्ने प्रधानमन्त्रीको भनाई

काभ्रे– प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयहरू राजनीतिक होडबाजीबाट मुक्त रही स्वतन्त्र तवरमा प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउनु भएको छ ।  काठमाडौं विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोहमा सम्बोधन गनुहुदै उहाँले विश्वविद्यालयहरू भनेको विद्यार्थीहरूमा ज्ञान, सीप र दक्षता विकास गर्न तथा उनीहरूमा लुकेको प्रतिभा र सिर्जनालाई उदघाटित गरी समाज र देशको हितका लागि उपयोग गर्न सहयोग पुर्‍याउने पवित्र शैक्षिक केन्द्र हुनुपर्ने बताउनुभयो । उहाँले विश्वविद्यालयहरू राजनीतिक होडबाजीबाट मुक्त रही स्वतन्त्र तवरमा प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले विश्वविद्यालयहरू अनुसन्धान र नवप्रवर्तनको संवाहक बन्न सक्नुपर्ने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले नेपालको उच्च शिक्षाको क्षेत्रमा काठमाडौँ विश्वविद्यालयको आफ्नै नाम, गरिमा र पहिचान रहेको बताउनु हुँदै काठमाडौँ विश्वविद्यालयले विगत तीन दशकदेखि मुलुकमा गुणस्तरीय व्यावहारिक तथा प्राविधिक उच्चशिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशील, सिर्जनशील र क्षमतावान् जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक–सामाजिक विकासमा योगदान पुर्‍याउँदै आएको बताउनु भयो ।

काठमाण्डौँ विश्वविद्यालयको २८ औँ दीक्षान्त समारोहमा १ हजार ६ सय ९५ जना विद्यार्थी दीक्षित भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वरिष्ठ फिजिसियन तथा मुटु रोग विषेशज्ञ डा मृगेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री एंव सहकुलपति देबेन्द्र पौडेल पनि उपस्थिति भएका थिए । कार्यक्रममा काठमाण्डौँ विश्व विद्यालयका उपकुलपति प्रा डा भोला थापाले स्वागत मन्तव्य राख्नु भएको थियो । दीक्षित हुनेहरूमा आट्र्स,एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेस र साइन्स विधाका ८ जना पीएचडी, ८५ जना एमफिल,स्नातक र स्नातकोत्तर तहका १ हजार ६ सय ६ जना सहित जम्मा १ हजार ६ सय ९५ जना विद्यार्थी रहेका छन् ।

तीमध्ये आट्र्सका २ सय २० जना,एजुकेसनका २ सय २ जना, इन्जिनियरिङका २६ जना, लका ४० जना, म्यानेजमेन्ट ४ सय ६२ जना, मेडिकल साइन्सेजका ७ सय १२ जना र साइन्सका ३७ जना विद्यार्थी रहेका छन् । दीक्षित हुने विद्यार्थीहरुमध्ये पुरुषको प्रतिशत ४३.२० ६ सय ३४ जना र महिलाको प्रतिशत ५६.८० ९९ सय ६५ जना रहेको छ । दीक्षित हुनेहरुमध्ये विदेशी विद्यार्थीहरु १०.९५ प्रतिशत रहेका छन् ।

तीमध्ये अस्ट्रिया क्यानडा, चीन, जर्मनी, भारत, इटाली माल्दिभस, पोर्चुगल, रूस, सिंगापुर, स्पेन, श्रीलंका, ताइवान र संयुक्त राज्य अमेरिका गरी १४ देशका १ सय ८६ जना रहेका छन् । कार्यक्रममा काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलो पटक Master of Engineering in Sanitation Technology मा ६ जना र Master of Science in Sanitation Technology मा १ जना गरी जम्मा ७ जनालाई उपाधि प्रदान गरिएको छ ।

नेपाल टेलिभिजन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्