नेपाल–भारत झडप हुँदा दार्चुला तनावग्रस्त, घटनाको थप विवरण आउन बाँकी

तस्वीर : भोजरा जाेशी

काठमाडौँ – भारतीय पक्षले नेपाल तर्फ ढुंगा हान्दा दार्चुलामा ४ नेपाली घाइते भएका छन् । दार्चुलामा भारतीय पक्षले ढुंगा हान्दा ४ जना नेपाली घाइते भएको स्थाीयले बताएका छन् । नेपाल भारत जोड्ने सिमा पुल अहिले नेपाल तर्फबाट बन्द गरिएको छ । जिल्ला प्रसान कार्यालय दार्चूलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले पुल बन्द भएको पुष्टि गरे । साउदका अनुसार अहिले घटनास्थलमा प्रमुख जिल्ला अधिकारी, दार्चुलाका प्रहरी प्रमुख लगायतको टोलि उपस्थित भएको छ । घटनाको विस्तृत विवरण आइनपुगेको साउदले बताइन् ।

भारतीय पक्षले महाकाली नदीमा एकतर्र्फी रुपमा तटबन्ध निर्माण गर्दै आएको छ । नेपालले पटक पटक सीमा समस्या समाधानको लागि अनुरोध गरे पनि भारतले वेवस्था गर्दै आएको छ ।

भारतका एसडिएम नेपाल तर्फ मिटिङमा आउदा पुल बन्द भएपछि बीच पुलबाटै एसडिएम फर्किएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्