स्याङजा र बाजुरामा कांग्रेसको अग्रता कायमै

काठमाडाैँ – केहि विवादका कारण मतगणना रोकिएपछि गणनामा ढिलाई भएका क्षेत्र स्याङजा र बाजुरामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । स्याङजामा एमालेकी पद्मा अर्याललाई पछि पार्दै कांग्रेस उपसभापति धनराज गुरुङ अग्रस्थानमा देखिएका छन् ।
निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत स्याङजा क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ १५८०५ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)की उम्मेदवार पद्‍माकुमारी अर्याल १३५६७ मतका साथ दोस्रो स्थानमा छिन् ।

यस्तै बाजुरा क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे ५४१९ मत ल्याई अग्रस्थानमा छन् । निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार कर्णबहादुर थापा ४१२९ मतका साथ दोस्रो स्थानमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्