मतपेटिकाबाट मतपत्र गायव भएपछि दोलखामा मतगणना स्थगित

काठमाडौँ – दोलखामा मतगणना स्थगित भएको छ । प्रतिनिधिसभा प्रत्यक्षको मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना स्थगित भएको हो।

दोलखामा पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट (माओवादी केन्द्र) उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले २९२८ मत प्राप्त गरेका छन् । दोलखामा मंसिर ४ र १५ गते भएको निर्वाचनमा ८५ हजार ८ सय ३३ मत खसेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्