भक्तपुरमा घरको चौथो तलाबाट खसेर एक जनाको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौं – भक्तपुरको मध्यपुरठिमी नगरपालिका वडा नं. ६ मिलरोडमा घरको चौथो तलाबाट खसेर एक जनाको मृत्यु भएको छ । भुवन श्रेष्ठको साढे चार तले पक्की घरबाट खसेर उनका छोरा १७ वर्षीय भुमिल लाल श्रेष्ठको मृत्यु भएको हो ।

बिहीबार साँझ साढे ६ बजे उनी छिमेकीको घरको कम्पाउण्डमा खसेका थिए । उनको नागरिक अस्पताल ठिमीमा उपचारको क्रममा सोही दिन पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्