कोदालो प्रहारबाट वृद्धको मृत्यु

मकवानपुर – मकवानपुरको थाहा नगरपालिका १२ गैरीगाउँमा बिहीबार झगडा हुँदा कोदालोको बिँडले प्रहार गरेर ८९ वर्षीय वृद्धको ज्यान गएको छ । गैरीगाउँ बस्ने ३५ वर्षीय टाइसन गोले र सोही स्थानका ८९ वर्षीय आइतसिंह स्याङ्तानबीच आपसमा भनाभनको क्रममा झगडा भएको प्रहरीले जनाएको छ । झगडाको क्रममा टाइसन गोलेले कोदालोको बिँडले आइतसिंह स्याङ्तानको टाउकोमा हानी गम्भीर घाइते बनाएका थिए ।

ट्रमा सेन्टर काठमाडौंमा उपचारका लागि लगिएको उनको मृत्यु भएको हो । कुटपिट गर्ने टाइसन गोलेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिरहेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्