खेलकुदमन्त्री गहतराजलाई हराउँदै एमाले ढकाल विजयी

काठमाडौँ – संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई हराउँदै नेकपा एमालेका सूर्यप्रसाद ढकाल विजयी भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता गहतराज ढकालसँग फराकिलो मत अन्तरले पराजित भएका हुन् ।

ढकालले २५ हजार २६ मत ल्याएर बिजयी भएका छन् भने मन्त्री गहतराजले १९ हजार ६३२ मत ल्याएर पराजित भएका हुन् । २०७४ सालको चुनावमा यसै क्षेत्रबाट गहतराज निर्वाचित भएका थिए । यो चुनावमा भने एमालेका ढकालसंग बहालवाल मन्त्री भएकै अवस्थामा पराजित भएका छन् । यस्तै बाँके क्षेत्र नम्बर २ बाट राप्रपाका धवल शमशेर राणा, बाँके ३ बाट नेपाली कांग्रेसका किशोरसिंह राठोर निर्वाचित भई सकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्