कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको जित सुनिश्चित

काठमाडौँ –  कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ । यो समाचार तयार पार्दासम्म रञ्जिताले २६ हजार १५५ मत पाइसकेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्र बहादुर रावलले ५ हजार २३९ मत ल्याएका छन् ।

अब ८ हजार ६११ मत गन्न बाँकी रहँदा रञ्जिताले १० हजार ४३७ मतले अग्रता कायम गरेकी छिन् । एकवर्ष अघि गठन भएको नागरिक उन्मुक्ति पार्टीले कैलाली–३ मा जितिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्