बझाङमा बामलोकतान्त्रीक गठबन्धनका साँझा उम्मेदवारहरू विजयी

बझाङ – बझाङमा बामलोकतान्त्रीक गठबन्धनका साँझा उम्मेदवारहरू विजयी भएका छन् । एउटा मात्रै प्रतिनिधिसभा सदस्य सिट रहेको बझाङमा बामलोकतान्त्रीक गठबन्धनका तर्फबाट साँझा उम्मेदवार रहेका नेकपा एकीकृत समाजवाका नेता तथा पुर्वमन्त्री भानुभक्त जोशी विजयी भएका छन् । मन्त्री जोशी २८ हजार १ सय ४३ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार ऐन महरले २७ हजार १ सय ४५ मत ल्याएर पराजित भए । जोशी ९ सय ९८ मतान्तरले विजयी भएका छन् । जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि ७ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

दुई वटा प्रदेश सभा सदस्य सिट रहेको जिल्लामा प्रदेश सभा (क) मा गठबन्धनकाे तर्फबाट उम्मेदवार रहेका नेपाली काँग्रेसका पृथ्वी बहादुर सिंह विजयी भएका छन । सिंह नेकपा एमालेका उम्मेदवार अफिलाल ओखेडालाई ३ हजार ३६९ मतले पराजित गर्दै विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सिंहले १६ हजार ६७७ मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका ओखेडाले १२ हजार ९९८ मत प्राप्त गरेका छन् । यस्तै राप्रपा नेपालका कर्णबहादुर खड्का ४१२ र राप्रपाका हरिलाल भट्टराईले ३९५ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेश सभा (ख) मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता भीमबहादुर भण्डारीले जित हासिल गरेका छन् । नेकपा एमालेका उम्मेदवार लालबहादुर रावल (एलबी) लाई २ हजार ५ सय ४२ मतले हराउँदै भण्डारीले जित हासिल गरेका हुन् ।
भण्डारीले १३ हजार ८ सय ७९ मत ल्याए भने रावलले ११ हजार ३ सय ३७ मत ल्याउनु भएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवार कृष्णबहादुर सिंहले ४ सय ३८, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार वीरेन्द्र बहादुर मल्लले २ हजार २ सय ७२ र स्वतन्त्र उम्मेदवार गणेशबहादुर भण्डारीले ७७ मत पाएका छन् ।

जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवार निर्वाचनमा ५१ दशमलव ८८ प्रतिशत मत खसेको थियो । एक लाख २२ हजार ३ सय ७६ मतदाता रहेको बझाङमा यस पटकको निर्वाचनमा ६३ हजार ४ सय ८९ मत मात्र खसेको हो ।

को हुन प्रतिनिधि सभा उम्मेदवार जोशी र महर

भानुभक्त जोशी
२०३६ सालमा नेपालगन्जको शिक्षा क्याम्पसमा अनेरास्ववियूबाट राजनीति प्रारम्भ गरेका जोशीले २०४६/४७ सालको आन्दोलनमा पनि विद्यार्थी संगठनबाट अग्रपंक्तिमा रहेर काम गरेका थिए । २०४८ सालमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लडेका जोशी झिनो मतले पराजित भए । २०५१ सालमा भएको मध्यावती निर्वाचनमा भने उनी प्रतिनिधिसभा निर्वाचित भए ।

त्यो बेलामा ३ वर्ष जति सांसदको रूपमा काम गरेका जोशी २०६४ सालमा फेरि संविधानसभा सदस्यमा निर्वाचित भए । त्यो समयमा २ वर्षमा संविधान नबनेपछि २ वर्ष बढाएर ४ वर्ष कार्यकाल थपिएको थियो । ०६८ वैशाखमा मन्त्रिमण्डल पुनर्गठन हुँदा झलनाथ खनालको क्याबिनेटका जोशी वन तथा भू–संरक्षण मन्त्री जोशी थिए । उनले ४ महिना कार्यकाल सम्हालेका थिए ।

ऐन महर
२०५५ सालदेखि औपचारिक रूपमा राजनीतिमा होमिएका ऐन महर नेकपा एमालेमा सशक्त युवाको रूपमा चिनिन्छन् । विद्यार्थीको हकाधिकारका लागि संघर्ष गर्दै आएका महरले विद्यार्थी राजनीति तथा पार्टीको राजनीतिमा सफल नै रहे ।

२०७६ जेठमा अनेरास्ववियूको सर्वोच्च जिम्मेवारीसमेत सम्हालेका महर हाल एमालेको केन्द्रीय सदस्य छन् । तर, संसदको यात्रामा भने उनलाई सहज भएन । पहिलो पटक प्रतिनिधिसभा सदस्यको लागि चुनवी मैदानमा रहेका महर यसपटकका लागि भने संसद भित्र प्रवेशगर्न असफल भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्