सप्तरीको प्रदेश सभा २(२) मा जनमत पार्टीका महेश यादव विजयी

सप्तरीको प्रदेश सभा २(२) मा जनमत पार्टीका महेश यादव विजयी भएका छन् । माओवादी पार्टीले टिकट नदिएपछि मनोनयनको अघिल्लो रात जनमत पार्टीमा प्रवेश गर्दै उम्मेदवार भएर विजयी भएका हुन् ।

उनले पूर्व सिंचाईमन्त्री उमेश यादवलाई ६ हजार ३ सय २ मतान्तरले पराजित गर्दै जित निकालेका हुन् ।

विजयी महेशले १३ हजार ३ सय २५ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी माओवादीका यादवले ७ हजार २३ मत प्राप्त गरे ।

सप्तरी २(१)मा पनि जनमत पार्टीले नै जित हासिल गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्