गठबन्धनको मतको झापडले एमाले स्वतः हानिनेछ : मन्त्री बडू

दार्चुला – प्रतिनिधि सभा सदस्य एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले मंसिर ४ गते एमालेलाई गठबन्धनको अत्यधिक मतको झापडले हान्ने बताउनुभएको छ । आज चुनावी सभाको अन्तिम दिन नौगाडमा आयोजित सभााई सम्बोधन गर्दै मन्त्री बडूले एमालेले पछिल्लो समय गठबन्धनका कार्यकर्तामाथि गरिरहेको आक्रमणलाई इंगित गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री बडूले गठबन्धनको पक्षमा जनलहर देखेर एमाले आत्तिदै गठबन्धनका कार्यकर्ताहरुमाथि ठाउँठाउँमा आक्रमण गरिरहेको बताए । ‘प्रतिनिधि र दुई प्रदेश सभा क्षेत्रका तीन वटै उम्मेदवार जित्नुभनेको एमालेलाई थप्पड हान्नु सरह हो मन्त्री बडूले भने, मंसिर ४ को चुनावमा गठबन्धनको अत्यधिक मतको झापडले एमाले हानिने वाला छ, हामीले भौतिक आक्रमण गर्नुहुदैन् ।’

मंसिर ४ गतेको निर्वाचनमा गठबन्धनको जीत सुनिश्चित रहेकाले आफूहरुले संयमित भएर बस्नुपर्ने बताए । सभामा बोल्दै मन्त्री बडूले संविधानको स्थायित्व र संसदको पूरा कार्यकालका लागि गठबन्धनलाई मत दिन आग्रह गरे । साथै उहाँले नौगाडमा तटबन्धन निर्माण र संचार सुविधाका लागि गठबन्धन प्रतिवद्ध रहेको बताए ।

यस्तै सोही कार्यक्रममा बोल्दै प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार मान बहादुर धामीले चुनाव हार्ने डरले एमाले आत्तिएको बताउनुभयो । पराजित हुने डरले एमाले मंसिर ४ को चुनाव हुन नदिने पक्षमा रहेको बताउँदै आफूहरुले संयमित भएर गणतन्त्रको सुन्दर पक्ष निर्वाचनलाई सफल बनाउनतर्फ लाग्नुपर्ने बताए । उहाँले जिल्लाको समग्र विकासका लागि गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभएको छ ।
यस्तै प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार विक्रम सिंह धामीले राजनीति भनेको संकल्प, प्रण र आदर्श भएको बताउनुभयो । राजनीतिको संकल्प, प्रण र आदर्शले समाज रुपान्तरण गर्नुपर्ने उहाले बताउनुभयो । गठबन्धन देशको आवश्यकता भएको भन्दै संविधान र व्यवस्था जोगाउन गठबन्धनलाई मत दिनुको विकल्प नरहेको उहाँले बताए । साथै उहाँले दार्चुलालाई हिन्दुधर्मालम्बीहरुको तीर्थस्थल बनाउन आफूूहरुले काम गर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्