गठबन्धनले बहुमत ल्याउँछ : डा.कोइराला

File Photo

नवलपुर – नेपाली कांग्रेसका नेता एवं नवलपुर प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार डा. शशाङ्क कोइरालाले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारको जीत निश्चित भएको दाबी गरे ।

नवलपुरको देवचुलीमा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा गठबन्धनले बहुमत ल्याउने र गठबन्धनकै सरकार बन्ने बताए । डा.कोइरालाले गैँडाकोटदेखि त्रिवेणीसम्मको नारायणी कोरिडोर सडक निर्माण विस्तार आगामी दुई वर्षभित्र सम्पन्न हुने जानकारी दिए । “नारायणीको तटबन्धसँगै त्रिवेणीसम्म तटबन्ध र सडक बन्छ ” उनले भने ।  रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्