दिपायलमा एक फर्निचर उद्योगमा आगलागी हुँदा ३७ लाख रुपैयाँ बराबरकाे क्षति

सांकेतिक तस्विर

डोटी – डोटीको दिपायलमा रहेकाे एक फर्निचर उद्योगमा आगलागी हुँदा ३७ लाख रुपैयाँ बराबरकाे क्षति भएको छ ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाका अनुसार जमुना फर्निचर उद्योग र न्यू चाँद ड्रेर्डसमा आगलागी हुँदा कम्तीमा ३७ लाख ७३ हजार रुपैयाँ बराबरको क्षति भएको छ । बिजुली तार शर्ट भएर आगलागी भएको बताइएको छ ।

नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीकाे सहयाेगमा दमकल प्रयाेग गरेर आगाे निभाइएकाे प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्