काठमाडौँको स्वयम्भुमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने युवक पक्राउ

काठमाडौँ – प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

शुक्रबार धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गिरीले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका हुन्।

प्रहरीलाई गिरीले ती बालिकालाई ललाई-फकाई स्वयम्भूस्थित स्तुप जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएको थियो।

यस्तै, प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्