मनीषा कोइरालाले भनिन्– बिपी बालाई अरूले बिर्सेका होला, लिङ्देनले बिर्सेका छैनन्

File Photo

पोखरा – अभिनेत्री मनीषा कोइरालाले नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालालाई अरूले बिर्सिए पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्झिरहने बताएकी छन्।

राप्रपाले शुक्रबार पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘अरू सबैले बिपी बालाई बिर्सेका होला, तर उहाँ (लिङ्देन)ले बिर्सेको रै’नछ।’

बिपीका नातिनीसमेत रहेकी कोइरालाले राजा महेन्द्र र बिपीबीच राम्रो सम्बन्ध रहेको समेत दाबी गरिन्। ‘तपाईंहरूलाई थाहा छ कि छैन, व्यक्तिगत रूपमा श्री ५ महेन्द्र सरकार र बिपी बामा एकदम राम्रो आदर भाव हुँदाहुँदै पनि त्यो बखत मुलुकले ठूलो अवसर गुमाएको छ ,’ उनले भनिन्, ‘किनकी, उहाँहरूले सहकार्य गर्न पाउनुभएन। अहिले फेरि त्यो मौका आएको छ।’

अहिले निर्वाचनमा राप्रपालाई जिताएर उक्त मौका गुमाउन नहुने उनले बताइन्। बिपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति, राजसंस्था र बहुदलीय प्रजातान्त्रिक व्यवस्थाको बाटो देखाएको भन्दै उनले अहिले उक्त मुद्दा लिङ्देनले उठाएको उनको दाबी छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्देनको भाषण अत्यन्त मिठो र घतलाग्दो रहेको दाबी गर्दै त्यही भएर आफूले साथ दिएको उनले बताइन्। राप्रपाको घोषणा पत्र पनि आफूलाई मन परेको कोइरालाको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्