न्यू भीजन एकेडेमीद्वारा “कन्ट्री नेपाल” शिर्षकमा बक्तृत्वकला आयोजना, बिशाखा राई प्रथम

काठमाडौँ – काठमाडौँको कोटेश्वरमा रहेको न्यू भीजन एकेडेमीले बक्तृत्वकलाको आयोजना गरेको छ । अंग्रेजी भाषामा विद्यार्थीहरुबीच बक्तृत्वकला आयोजना गरेको हो । कन्ट्री नेपाल शीर्षकमा विद्यार्थीहरुबीच बक्तृत्वकलाको आयोजना गरिएका संयोजक सागर ढकालले जानकारी दिनुभएको छ ।

विद्यालयको बार्षिक क्यालेन्डर अनुसार कक्षा ११ र १२ का छात्रछात्राहरुबीच बक्तृत्वकलाको आयोजना गरिएको हो । जसमा कक्षा ११ की छात्रा बिशाखा राई प्रथम, कक्षा ११ कै छात्रा रोशीनी चौधरी द्धितीय र कक्षा १२ की छात्रा प्रतिमा दर्लामी तृतीय तथा कक्षा ११ की छात्रा कल्पना जोशी चौथो भएकी छिन् ।

विद्यार्थीलाई पढाइसँगै अतिरिक्त क्रियाकलामा सहभागी गराउने उद्देश्यले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले विभिन्न समयमा हाजरीजवाफ, बक्तृत्वकला, निबन्ध, लेखन, खेलकुद लगायतका क्रियाकलाप हुदैँ आइरहेको विद्यालयका प्रिन्सिपल गणेश भट्टराईले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्