सुदूरपश्चिममा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, ६ जनाको मृत्यु

काठमाडौँ – डोटीमा केन्द्रबिन्दु बनाएर मध्यराति शक्तिशाली भूकम्प गएको छ । डोटीको खप्तड राष्ट्रिय निकुन्ज आसपासलाई केन्द्रविन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

मंगलबार बेलुकादेखि डोटीमा तीनपटक भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पमा परेर डोटीमा घरसमेत भत्किएको छ । पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँमा ठक्कर बोहोराको घर भत्किँदा ६ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए । सुदूरपश्चिममा अहिले पनि पराकम्प गइरहेको स्थानीयले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्