अछामका एक पुरुषको भारतमा मृत्यु

सांकेतिक तस्बिर

कैलाली – अछामका एक पुरुषको भारतमा मृत्यु भएको छ। भारतको महाराष्ट्र प्रदेशको टिटौला भन्ने ठाउँमा गाडीको ठक्करबाट कमलबजार नगरपालिका-५ कुइकाका करिब ४३ वर्षीय केशवराज तिमिल्सैनाको मृत्यु भएको बताइएको छ। शनिबार बिहान कामबाट कोठामा फर्किरहेका उनलाई सडक पार गर्दै गर्दा गाडीले ठक्कर दिएको र घाइते भएका उनको आइतबार मृत्यु भएको उनकी बहिनी कमला तिमिल्सैनाले बताइन्। कमलाका अनुसार उनी तीन वर्षदेखि भारतमै रहेर मजदुरी गरिरहेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्