दार्चुलाको गोकुलेश्वरमा बिरामी छटपटिदैँ सकडमा, कतै एम्बुलेन्स बिग्रेका कतै चालक भत्ता खोज्दै

दार्चुला – दार्चुलाको गोकुलेश्वर अस्पतालमा उपचार सम्भव नभएका विरामीलाई अन्यन्त्र रिफर गर्दा एम्बुलेन्स नै उपलब्ध नहुने समस्याबाट विरामीहरु दिनानुदिन सास्ती भोग्दै आइरहेका छन् । यो घटना एकदिनको मात्र नभई दिनानुदिन भइरहने घटनाहरु हुन् । लेकम गाउँपालिका वडा नं. ६ घर भएका एक जना विरामीलाई पेटको समस्याको उपचार गराउन  शुक्रबार गोकुलेश्वर अस्पतालसम्म स्ट्रेचरमा बोकेर पुर्याए ।   तर गोकुलेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई तराईका सुविधा सम्पन्न अस्पतालमा रिफर गर्नुपर्ने अवस्था देखियो । रिफर गर्न एम्बुलेन्स नै उपलब्ध भएन् । एम्बुलेन्सको खोजी कार्य गर्दा शैल्यशिखर नगरपालिका अन्र्तगत रहेको गोकुलेश्वर अस्पतालको एम्बुलेन्स बिग्रेको छ भन्ने गैरजिम्मेवारी जवाफ प्राप्त भयो । एम्बुलेन्स बिग्रेको हो या जान नमानेको हो त्यो भने एकिन हुन सकेन ।

विरामीका आफन्तले छिमेकी स्थानीय तहहरुमा सम्पर्क गर्न खोजे । आफ्नै पालिका भएकोले लेकम गाउँपालिकालाई बुझ्न खोज्दा चालक घर गइसकेको र एम्बुलेन्स पालिका केन्द्रमा रहेको र चालक घर गइसकेको जवाफ आयो । नीजि गाडीहरु दार्चुला सदरमुकाम केन्द्र खलंगामा नेकपा एमाले अध्यक्ष ओलीलाई स्वागत गर्न कार्यकर्ता बोकेर सदरमुकाम रहेकाले फेरी अन्य पालिकाका एम्बुलेन्सलाई गुहार्नुपर्ने अवस्था आयो । फेरी बिरामीका आफन्तहरुले छिमेकी पालिका बैतडीको डिलासैनी गाउँपालिकामा सम्पर्क गर्न खोजे । गाउँपालिका उपाध्यक्ष भगिरथ बोहरासँग सम्पर्क गरे । फोनमा उपाध्यक्षको जवाफ एम्बुलेन्स बिग्रेको १ बर्ष बढी भइसकेकोले उपलब्ध नहुने जवाफ दिए । विरामीलाई तराईका सुविधा सम्पन्न अस्पतालमा लग्नुपर्ने बाध्यताबाट पीडित आफन्त दिनभरी फोन सम्पर्क मै रहिरहे । फेरी छिमेकी पालिका नौगाडमा सम्पर्क गर्न खोजे । नौगाड गाउँपालिका स्वास्थ्य संयोजक प्रीतम ठगुन्नालाई गुहार्न पुगे । जवाफमा ठगुन्नाको प्रतिक्रिया एम्बुलेन्स स्थानीय निर्वाचन अघिदेखि बिग्रेको र हालसम्म मर्मत नभएकोले उपलब्ध नहुने जवाफ दिए ।

विरामीको अवस्था नाजुक हुदैँ गएपछि आफन्त आत्तिदै मार्मा गाउँपालिकालाई गुहार्न पुगे । मार्मा गाउँपालिका स्वास्थ्य संयोजक चक्रसिँह धामीलाई फोन गर्न पुगे । सुरुमा चालकको मोबाइल स्वीच अफ भएको जवाफ दिए । त्यसपछि स्वास्थ्य संस्थामा कार्यरत नर्स भनेर नम्बर दिए । नर्स भनिने व्यक्तिलाई सम्पर्क गर्न खोज्दा चालकलाई फोन गर्न अनुरोध गर्नुभयो । चालकको नम्बर मागेपछि चालकलाई सम्पर्क गर्न खोज्दा एम्बुलेन्स उपलब्ध छ तर गापा केन्द्रदेखि धनगढी सम्मको तोकेको १६ हजार भाडा दिनुपर्ने र आफुलाई ३ हजार सम्म व्यक्तिगत भत्ता दिएपछि मात्र जाने र नभए नजाने जवाफ दिए ।

गाउँपालिकाको सेवासुविधा प्राप्त गर्ने व्यक्तिले यस्तो जवाफ दिएपछि विरामीका आफन्तले फेरी स्वास्थ्य संयोजकलाई सम्पर्क गर्न खोजे । स्वास्थ्य संयोजकले एम्बुलेन्स चालकलाई नि भत्ता दिनैपर्ने जवाफ दिए । तलब सुविधा कम भएकाले अन्य भत्ता दिनैपर्ने जवाफ दिए । आफुलाई स्वाथ्य संस्थाको नियम, भाडादर थाहा नभएको र चालकले जे भने त्यहि नै अन्तिम हुने जस्तो गैरजिम्मेवारी जवाफबाट आफन्त सास्ती खेप्न बाध्य भए । दिउँसोदेखिको घटना एम्बुलेन्स खोजीमा साँझको ६ बजिसक्यो तर एम्बुलेन्स उपलब्ध भएन् ।
बिरामीका आफन्तले आत्तिदै पुनः शैल्यशिखर नगरपालिका नगर प्रमुख विजयसिँह धामीलाई सम्पर्क गरे । आफु जिल्लाको कार्यक्रममा सहभागी भएकोले एम्बुलेन्स बिग्रेकै हुन सक्ने जवाफ दिए । यस्तो गैरजिम्मेवारी जवाफबाट बिरामीले मृत्युको बाटो रोज्नु बाहेक अन्य बिकल्प नै देखिदैन । बिरामी छटपटिदैँ सडकमा गाडीको प्रतिक्षामा बसेका छन् र बिरामीका आफन्त आत्तिदैँ सहयोग गुहार्न पुगेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्