बझाङमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु , १६ जना घाइते, सबैको पहिचान खुल्यो

बझाङ – बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ। सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप बुधबार अपराह्न ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएसँगै मृतकको संख्या ७ पुगेको हो ।

दुर्घटनामा परि मृत्युु हुनेमा मष्टा गाउँपालिका–२ की १३ वर्षीया सम्झना खड्का, सोही ठाउँका १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय वीरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका−७ का ४२ वर्षीय झरेन्द्र बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए । दुर्घटनामा परि १६ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइते हुनेमा मष्टा गाउँपालिका- २ का ८ बर्षिय अमृत खड्का, १३ बर्षिया रोशनि धामी, सिंहवीर बुढा, ३५ बर्षिय राजेश रोकाया, गाडी चालक राजेश रोकाया, ४ बर्षिय सिर्जन सिंह, ११ बर्षिया अम्बिका सिंह, ५० बर्षिया सिन्कि देवि भण्डारी, सोही वडा २५ बर्षिया कमला कठायत, २१ बर्षिया निन्दा ओखेडा, ७५ बर्षिय बिरबहादुर खड्का, मष्टा साडा- १ बस्ने ३६ बर्षिय सन्तोष सिंह, २२ बर्षिय ईश्वर ओखेडा, अनिस ओखेडा, १० बर्षिय अंकित खड्का, ७५ बर्षिय बिरबहादुर खड्का, ४ बर्षिय सिम्रन सिंह, २२ बर्षिया हेमन्ती सिंह रहेका छन् ।

घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये धेरैजसोको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीका अनुसार मृतकको संख्या अझै बढ्न सक्नेछ। ५ जनाको अवस्था गम्भीर भएपछि धनगडी रिफर गरिएको छ सिल्देवी मेला हेरेर घर फर्किने क्रममा दुर्घटना भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्