नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशनबाट महासचिवमा विप्लव चयन

FILE IMAGE

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशनबाट महासचिव पदमा नेत्रविक्रम चन्द (विप्लव) चयन भएका छन्। उनी सर्वसम्मत रूपमा महासचिव चयन भएका छन्।

विप्लव यसअघि पनि महासचिव थिए। कपिलवस्तुमा भएको महाधिवेशनबाट महासचिवमा पुन: विप्लव चयन भएको नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए। महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति, ४५ सदस्यीय वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति सदस्य पनि चयन गरेको छ।

नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन गत असोज २५ गतेदेखि कपिलवस्तुस्थित शिवगढीमा सुरू भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्