प्रतिनिधिसभाका लागि २,४१२ उम्मेदवार चुनावी मैदानमा उत्रने, ११९ जनाले मनोनयन फिर्ता लिए

फाइल तस्बिर

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेशसभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने आमनिर्वाचनको कार्यतालिका अनुसार हिजो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

आयोगका अनुसार प्रतिनिधिसभाका लागि २,४१२ उम्मेदवार चुनावी मैदानमा उत्रने भएका छन् । ११९ जना उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् ।

यसैगरी प्रदेशसभातर्फ ३,२२४ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेशसभातर्फ २५७ जनाले उम्मदवारी फिर्ता लिएका छन् । उम्मेदवारी दिनेहरुमा प्रतिनिधिसभातर्फ २,१८७ पुरुष र २२५ जना महिला छन् भने प्रदेशसभातर्फ २,९४३ जना पुरुष र २८० जना महिला रहेका छन् । अन्यमा १ जना रहेको आयोगले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्