काठमाडौँ-५ मा स्वतन्त्र उम्मेदवारी दिएका कडेलले पाए ‘जोर चप्पल’ चुनाव चिन्ह

काठमाडौँ – काठमाडौं क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएका विजय कँडेलले चुनाव चिन्ह ‘जोर चप्पल’ चिन्ह पाएका छन् ।

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ का लागि स्वतन्त्र उम्मेदवारी दिएका युवा व्यवसायी तथा सामाजिक अभियन्ता कँडेललाई चप्पल चुनाव चिन्ह दिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको हो । काठमाडौं क्षेत्र नम्बर ५ मा १४ जना स्वतन्त्र उम्मेदवारहरू मध्ये कँडेल बलियो उम्मेदवार देखिन्छन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्