२३ वर्ष पछि दार्चुलाबाट काँग्रेसले पुन: प्रतिनिधित्व गर्ने संकेत

काठमाडौँ – २०५६ सालको आम निर्वाचन यता दार्चुलामा काँग्रेसले जित हासिल गर्न सकेको छैन । २०४६ सालमा प्रजातन्त्रको पुनरोदय भएपछि २०४८ सालमा दार्चुलाबाट नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रसाद बडूले चुनाव जिते । २०५१ सालमा भएको मध्यावधि निर्वाचनमा दार्चुलाबाट संसदको यात्रा तय गरेको नेकपा एमालेले २०७० र २०७४ सालमा निर्वाचन जितेको छ । २०५६ सालमा दोस्रो पटक संसद छिरेका बडू यस पटक भने दार्चुलाबाट पुनः संसदको यात्रा दाबी गर्छन । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री समेत रहेका बडूले विभिन्न कार्यक्रमहरुमा दार्चुलामा यस पटक काँग्रेले पुनः जित निकाल्ने दाबी गर्दै आएका छन् । २३ वर्ष सम्म जिल्लामा काँग्रेसले नजितेर जिल्लाका विकासका कामहरु अघि बढ्न नसकेको बडू निकट नेताहरुको भनाई छ । २०६४ सालमा तत्कालिन नेकपा माओवादीले जित हासिल गरेको थियो । ७० र ७४ सालमा एमालेका गणेश सिंह ठगुन्ना निर्वाचित भएपनि जिल्लामा अपेक्षित रुपमा विकासका कामहरु अघि बढ्न नसकेको काँग्रेस नेताहरुको भनाई छ । बडू ०४८ र ०५६ मा दार्चुलाबाट निर्वाचित एका थिए भने  ०७४ सालकाे आम निर्वाचनमा सामानुपातिक प्रणालीबाट सांसद बनेका थिए ।

यता एमालेले निर्वाचन जित्दा गुमेको भुमि फिर्ता भएको एमाले नेताहरुले दाबी गर्दै आएका छन् । मुख्य प्रतिस्पर्धि दुबै पार्टीका नेताहरुका आ–आफ्नै दाबी छन् । तर नेपाली काँग्रेसलाई नेकपा माओवादीको साथ समेत रहेको छ भने नेकपा एमाले टुक्रिएर नेकपा एकिकृत समाजवादी पार्टी गठन भएर एमालेलाई केहि धक्का भने लागेको छ । माओवादीको साथले काँग्रेसको जित सुनिश्चित जस्तै देखिएको छ भने एमालेलाई निर्वाचन जित्न चुनौती छ । बडूले निर्वाचन जितेमा दार्चुलामा २३ वर्ष पछि पुनः काँग्रेसको पुनरोदय हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्