काँग्रेसले बोलायो उम्मेदवार छान्न कार्यसम्पादन समितिको बैठक

काठमाडौं – प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै छ । बैठक आज दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

हिजो बोलाइएको कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्न सकेको थिएन । कार्यसम्पादन समितिमा रहेका नेताहरुको प्रदेश अनुसार फरक–फरक बैठक बसेर सोही बैठकबाट सिफारिस नाम अनुसार संसदीय समिति (बोर्ड) ले नाम टुंगो लगाउने नेपाली कांग्रेसका नेताहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्