आजको मौसम सफा : भोली देखि हुनेछ भारी वर्षा

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । आज दिउँसोको मौसम आंशिकदेखि सामान्य बदली हुने अनुमान छ ।

बेलुकीपख भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार भोलिदेखि भने देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । भोलि वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । भरे बेलुकादेखि नै बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्रको असर देखिन थाल्ने उनीहरुकाे भनाइ छ ।

यो प्रणाली पूर्वी क्षेत्र हुँदै भोलि मध्य क्षेत्रमा फैलिने र पर्सि पश्चिमी क्षेत्रमा फैलिने सम्भावना रहेकाले देशका धेरै ठाउँमा भोलिदेखि वर्षा हुने मौसमविद्ले बताएका छन् । भोलिदेखि एक हप्तासम्म नै पानी पर्ने सम्भावना रहेकाले यो अवधिमा सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्