दर्शनार्थी बोकेको जीप दुर्घटना, दुई जनाको मृत्यु, १७ जना घाइते

दाङ – सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

सल्यानको खैराबाङ मन्दिरतर्फ दर्शन गर्न जाँदै गरेको रा१ज ५९८ नम्बरको जीप शनिबार बिहान पौने सात बजे कुमाख गाउँपालिका-७ जिमालीमा दुर्घटनामा भएको हो ।

दुर्घटनमा परी मृत्यु हुनेमा कुमाख गाउँपालिका-७ का ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया एनका पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले बताए । दुवैजनाको घटनास्थलमा मृत्यु भएको हो । जीप उकालो सडकमा ब्याक गर्ने क्रममा पल्टिएर १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

गत बुधवारमात्रै सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो । बाँकेको कोहोलपुरबाट सल्यानका लागि छुटेको रा १ ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका– ३ मुलपानीमा दुर्घटना परेको थियो । दुर्घटनमा ८ जनाको घटनास्थल र एकजनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्