पार्टीले स्पष्टिकरण सोधेका लामालाई महामन्त्री थापाको समानुपातिक ‘उपहार’

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको अनुशासन उल्लघन गरेकालाई समानुपातिकको बन्द सूचीमा अटाएका छन् । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई स्थानीय तहको निर्वाचनमा हराउन भुमिका खेलेको आरोपमा नेपाली काँग्रेस सिन्धुपाल्चोकको जिल्ला अनुशासन समितिले लिखित स्पष्टिकरण पेश गर्न भदौ १४ गते पत्र काटेको थियो ।

‘स्थानीय तह निर्वाचन २०७९ मा तपाइले हेलम्बु गा.पा.को अध्यक्षको उम्मदेवार तथा महासमिति सदस्य निमा ग्याल्जेन शेर्पा र नेपाली काँग्रेस हेलम्बु गा.पा. कार्यसमितिको निवदेन अनुसार पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरी हराएको भनि दिनुभएको निवेदन अनुसार यस समितिको ०७९/०५/१४ को निर्णय अनुसार निवेदनको पत्रको प्रतिलिपि यसैसाथ संलग्न राखि पठाएको छ ।’ अनुसाशन समितिले सोधेको पत्रमा लेखिएको छ, ‘पाँच दिनभित्र लिखित स्पष्टिकरण यस समितिलाई पेश गर्नुहुने अनुरोध गरिन्छ । अन्यथा नेपाली काँग्रेसको विधान, नियामावली तथा स्थानीय तह निर्वाचन निर्देशिका २०७८ बमोजिम प्रक्रिया अगाडी बढाइने व्यहोरा समेत जानकारी गराइन्छ ।’

अनुशासन समितिले यस्तो पत्र काटेका तिनै लामालाई महामन्त्री थापासँगको पहुँचका कारण सिन्धुपाल्चोक जिल्लाबाट बाग्मती प्रदेशको समानुपातिक सूचीमा राखिएको नेपाली काँग्रेसका एक नेताले बताए । ती नेताका अनुसार लामाको नाम आदिवासी जनजातीबाट कलस्टरबाट राखिएको छ । ‘शेर्पा स्थानीयत स्तरमा जनताको मनमनमा बस्न सफल नेता भएका कारण उहाँले चुनाव त हार्नुभएन तर शेर्पालाई चुनाव हराउन उहाँ (जिमी लामा)ले ठुलै भुमिका खेलेका थिए ।’ ती नेताले भने । उम्मेदवार सिफारिसमा महामन्त्री थापाले आर्थिक चलखेल गरेको हुन सक्ने ती नेताले बताए । ‘आर्थिक चलखेल हुनसक्छ, नत्र पार्टीको जिल्ला अनुशासन समितिले स्पष्टिकरण सोधेका लामालाई किन उम्मेदवार सिफारिस गर्नु पर्यो’ ती नेताले भने, ‘यसबाट के स्पष्ट हुन्छ भने स्थानीय निर्वाचनमा हेलम्बुका अध्यक्षका उम्मेदवार शेर्पालाई हराउन त महामन्त्री थापा नै सक्रिय रहेछन् हामीले यसरी नै बुझेका छौँ ।’  महामन्त्रीले पार्टीको विधिविधान मान्नु नपर्ने अरुले मान्नु पर्ने हो ? ती नेताले प्रश्न गरे । विधि विधानका ठुल्ठुला भाषण गर्ने महामन्त्री थापले पनि विधानको पालना गर्नुपर्ने भन्दै ती नेताले आक्रेश पोखे । पार्टीले लामाको नाम समानुपातिकबाट फिर्ता नगरे मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा प्रभाव पर्ने ति नेताको भनाई छ । ती नेताका अनुसार पार्टीले यस्ता गतिविधि गर्दै जादा कार्यकर्ताहरुमा निराशा हुने बताए ।

यता पार्टीमा विधान र कानुनका कुरा गर्ने महामन्त्री थापाले भने पार्टीको अनुशासन उल्लघन गरेका लामालाई समानुपाति उपहार दिएकोमा काँग्रेसभित्र असन्तुष्टि छ । यस विषयमा हामीले महामन्त्री थापासँग थप बुझ्न खोज्दा उनको फोन रिसिभ भएन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्