निर्वाचनपछि राप्रपा पहिलो शक्ति बन्छ : अध्यक्ष लिङदेन

File Photo

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्न सक्ने दावी गरेका छन् ।

मुलुकले विकल्प खोजिरहेकाले नेपाली जनताले आगामी निर्वाचनमा राप्रपालाई पहिलो शक्ति बनाउन सक्ने उनले बताए । रवीन्द्र मिश्र नेतृत्वको समूहसँग एकताका लागि भएको कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले पार्टीका अगुवा नेतालाई आ–आफ्नो निर्वाचन क्षेत्रमा उम्मेदवारी घोषणा गरेर अघि बढन पनि निर्देशन दिए । अध्यक्ष लिङदेनले निर्वाचनमा हारिन्छ कि भन्ने हिन भावना त्यागेर अघि बढन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्