नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपतिबाट गरिने, नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसाण हुने

काठमाडौँ — पोखरा रंगशालामा असोज २८ मा हुने नवौं राष्ट्रिय खेलकुदको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गरिने भएको छ । त्यसका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार राष्ट्रपति भण्डारीलाई उद्घाटनका लागि निमन्त्रणापत्र प्रदान गरेको छ ।

परिषद्का अध्यक्ष युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा रहेको टोलीले शीतल निवासमा पुगेर निमन्त्रणापत्र प्रदान गरेको थियो । त्यस अवसरमा राष्ट्रपति भण्डारीलाई राष्ट्रिय खेलकुदका विषयमा हालसम्म भएका कार्य प्रगतिबारे जानकारी गराइएको राखेपले जनाएको छ ।

यसैबीच नवौं राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्ने भएको छ । त्यसका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले मंगलबार हस्ताक्षर गरे ।

सम्झौताअनुसार नेपाल टेलिभिजनले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन र समापन तथा विभिन्न खेलका सेमिफाइनलदेखि प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्ने छ भने ३६ खेलको हाइलाइट्स र प्रोमो प्रसारण गर्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्