१६ औं विश्व रेबिज दिवसमा कुकुर बिरालालाई निशुल्क भ्याक्सिन

कैलाली – गौरीगंगा नगरपालिकामा १६ औं विश्व रेबिज दिवस २०७९ को सप्ताह व्यापी कार्यक्रम मनाइएको छ । “एक स्वास्थ्यको अवलम्बन रेबिजबाट शुन्य निधन” भन्ने मुल नाराका साथ नेपाल पारा भेटेरिनरी एण्ड लाइभष्टक एशोसिएसन ( नेभ्ला ) कैलालीको आयोजनामा गौरीगंगा नपा वडा नं ९ बाट १६ औं विश्व रेबिज दिवस २०७९ को सप्ताह व्यापी कार्यक्रम गरिएको थियो ।

नेभ्ला कैलालीका अध्यक्ष बिमल जाेगीकाे अध्यक्षतामा भएको कार्यक्रममा गाैरीगंगा न.पा. वडा नं ९ का अध्यक्ष राजकुमार थारुको प्रमुख आतिथ्य तथा पशुसेवा शाखाका अधिकृत दिपेन्द्र परियारको उपस्थितिमा सामाजिक र घर पालुवा कुकुर बिरालामा नि:शुल्क खाेप लगाएर कार्यक्रम सुभारम्भ गरिएको थियो ।

गौरीगंगा नगरपालिका पशु सेवा शाखा र नेभ्ला कैलालीले संयुक्त दिवसको अवसरमा मसुरियामा ६० डोज निशुल्क रुपमा खोप लगाइएको नेभ्ला कैलालीका अध्यक्ष बिमल जोगीले जानकारी दिनुभयो । सप्ताह व्यापी कार्यक्रम अन्तर्गत असोज १२ गते सम्म विभिन्न क्षेत्रमा निशुल्क भ्याक्सिन, पशु स्वास्थ्य शिविर तथा विद्यालयमा शिक्षा लगायतका कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष जोगीले जानकारी दिएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र र पशुपंन्छी अन्वेषण प्रयोगशाला धनगढीको सहयोगमा गरिएको कार्यक्रमको संचालन नेपाल पारा भेटेनेरिनरीका सुदुर पश्चिमी प्रशिक्षण सयोजक : दिपक चौधरीले गरेका थिए

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्