१६ वर्षीया बालिका बलात्कृत !

सांकेतिक तस्विर

काठमाडौँ – मोरङमा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका-७ हाटखोला बस्ने ४४ वर्षीय अजय तिवारीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तिवारीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्