दशैमा सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरु चिन्तित

काठमाडौँ – दसैंको समयमा पनि सोचेजस्तो व्यापार नहुँदा न्युरोडका व्यापारीहरु चिन्तित बनेका छन्।

काठमाडौंको असन, इन्द्रचोक, न्युरोडका व्यपारीहरू दसैंको मुखमा पनि सोचेअनुसारको व्यापार नहुँदा निराश बनेका हुन्। दसैंको समयमा अघिल्ला वर्षहरूमा ग्राहकहरुको ठेलमठेल हुने असन र न्युरोड बजार अहिले शुन्य प्रायः छन्। केही चहलपहल त छ तर सोचेअनुसारको ब्यापार हुन नसकेको व्यापारीले गुनासो गरेका छन्।

गत वर्षहरूमा न्युरोड क्षेत्रमा हिँड्नसमेत ठाउँ नहुने गरेर मानिसहरु किनमेलका लागि आउने गरे पनि यसवर्ष भने कम मात्रै आइरहेको उनीहरूले बताए। कोरोना महामारी पछि व्यापार व्यवसाय राम्रोसँग फस्टाउन सकेको छैनन्। साथै नेपालीले पनि आफ्नो महान चाड कोरोनाकै कारण राम्रोसँग मनाउन सकेका छैनन्। यस वर्ष कोरोना महामारीको असर कम रहे पनि डेंगीका संक्रमणका कारण पुनः दैनिक जनजीवन अस्तव्यस्त बनेको छ।

चाडबाड नजिकिँदै गरिरहेको अवस्थामा देशभर डेंगीका बिरामी दिनप्रतिदिन बढिरहेका छन्। जसका कारण पनि आम मानिसहरू बजारमा त्यत्ति देखिँदैनन्। साथै चाडबाडमा नयाँ लुगा, नयाँ परिकार खानका लागि पनि अनलाइनबाटै होम डेलिभरी हुनाले भौतिक रूपमा नै उपस्थित भएर सामान किनबेच गर्नेको संख्या कम हुँदै गएको छ। कोरोनाका कारण आम मानिसको आर्थिक अवस्था पनि कमजोर भएकाले बजारमा ग्राहकको चहलपहल कम भएको हुनसक्ने व्यापारीहरुले बताएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्