चुनाव आउनै लाग्दा सुदूरपश्चिममा २ राज्यमन्त्री नियुक्त

कैलाली – चुनावका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची बुझाउने दिन नजिकिँदै गए पनि त्यसलाई बेवास्ता गरेर सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले २ राज्यमन्त्री नियुक्त गरेका छन् ।

उनले आर्थिक मामिला राज्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका बलबहादुर सोढारी र भौतिक पूर्वाधार विकास राज्यमन्त्री सुशीला बुढाथोकीलाई नियुक्त गरेका सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला रणबहादुर रावलले जानकारी दिए । उनीहरु दुवै जनाले पद तथा गोपनियताको सपथ पनि लिइसकेका छन् ।

यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्बर साउदलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले उनको सट्टामा सोढारीलाई पठाएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्