दिदी-बहिनीलाई बलात्कार गरेको आरोपमा ७३ वर्षीय वृद्ध पक्राउ

सांकेतिक तस्विर

काँकडभिट्टा — दिदी-बहिनीलाई बलात्कार गरेको आरोपमा झापाका ७३ वर्षीय वृद्धलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । एकै परिवारका ११ वर्षीया बहिनी र १७ वर्षीया दिदीलाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१२ माथिल्लो धाइजनका ७३ वर्षीय कपिलमणि पौडेललाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए ।

डीएसपी पाठकका अनुसार पीडित परिवारले दिएको जाहेरीपछि आरोपीलाई पक्राउ गरिएको हो । पीडितमध्ये १७ वर्षीया दिदीको ३ महिनाको गर्भसमेत रहेको परिवारले थाहा पाएपछि घटना बाहिर आएको हो । उनले आफ्नो तीन महिनाको गर्भ रहेको पनि जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्