बयानमा हस्ताक्षर गर्न राणा सहमत

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो बयानमा हस्ताक्षर गर्न सहमति जनाउनु भएको छ ।

महाअभियोग सिफारिस समितिले राणालाई सोधेको प्रश्नमा उहाँले दिएको बयान उतारेको थियो । राणाको बयान उतार्दा झण्डै १ सय ७३ पाना जति भएको समितिले जनाएको छ । सुरुमा हस्ताक्षर गर्छु भन्नु भएका राणाले पछि हस्ताक्षर गर्न नमानेपछि बयानका क्रममा उहाँले बोलेका सवै बिषय पढेर सुनाउने काम भइरहेको छ ।

राणाले अद्योपान्त पढेर हस्ताक्षर गर्ने भनेका कारण राणालाई हस्ताक्षर गर्नकै लागि ५–७ घण्टा लाग्न सक्ने समितिका सदस्य मिन विश्वकर्माले जानकारी दिनु भएको छ । राणाको बयान आजै सक्ने र सम्भव भएसम्म प्रतिनिधि सभाको समितिमा प्रतिवेदन बुझाउने समितिको तयारी छ । तर नेकपा एमालेका सांसदहरुले राणाले लगाएको आरोप लगायतका कतिपय विषयमा थप अध्ययन गर्नुपर्ने धारणा राख्दै आएका छन् । त्यसैले समितिले प्रतिवेदन प्रतिनिधि सभाको बैठकमा बुझाउने नबुझाउने अन्यौल छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्