रुपन्देही क्षेत्र नं. २ मा डा. भुसालको घरदैलो अभियान सुरु

काठमाडौँ – रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसालले घर दैलो अभियान चलाएका छन् । भुसाल एमाले उपाध्यक्ष विष्णु पौडेलसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । विष्णु पौडेल पटक–पटक मन्त्री भइसकेको एमालेका प्रभावशाली नेता हुन् । तर भुसाल यस पटकको निर्वाचन जित्नेमा ढुक्क छन् । भुसाल लामो समदेखि समाजसेवामा छन् । मन्त्री र सत्ता हुँदा वालुवाटरको ललिता निवास प्रकरणमा पौडेलको नाम मुछिएको थियो । भुसालले सबैलाई भोट दिएर सहयोग गर्न अपिल गरिरहेका छन् । शिक्षण अस्पतालका आवासीय चिकित्सक समेत रहेका भुसालले नेपालका ७० भन्दा बढी जिल्लामा निःशुल्क शिविरहरुको आयोजना गरी स्वास्थ्य सेवा प्रदान गरिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्