अपाङ्गता समावेशी विपद् जोखिम न्यूनिकरण सम्बन्धी कार्यशाला गोष्ठि सम्पन्न (भिडियो)

ललितपुर – अपाङ्गता समावेशी विपद् जोखिम न्यूनिकरण विषयक दुई दिने कार्यशाला ललितपुरमा सम्पन्न भएको छ । अतुल्य फाउन्डेसनको आयोजनामा ललितपुरमा भदौ २१ र २२ गते कार्यक्रम सम्पन्न भएको हो ।

अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरणका विषयमा सरोकारवाला संघ–संस्थाहरुको आवाज नीतिगत क्षेत्रमा काम गर्ने सरकारी संयन्त्रसम्म पुगोस् भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको अतुल्य फाउन्डेसनका अध्यक्ष पल्लव पन्तले जानकारी दिए । कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संघसस्था तथा बहु–अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता थियो ।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले ‘सरकारले अपाङ्गता भएका व्यक्तिका लागि नीति तर्जुमा गर्ने योजना बनाएको बताए । साथै फोरममा छलफल गरेबमोजिम आगामी नीतिहरुमा अपाङ्गताको मुद्दा समावेश गर्न सामुहिक प्रतिक्रिया र सुझावहरु समावेश गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्मा, गृह मन्त्रालयका सहसचिव प्रदिपकुमार कोइराला तथा युएसएआइडी तयार परियोजनाकी ट्यामी ह्यारिसले संयुक्तरुपमा गृहमन्त्रालयले स्वामित्व ग्रहण गरेको पुस्तक ‘अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरण सम्बन्धी जानकारी मूलक हातेपुस्तिका’ को नेपाली, अंग्रेजी तथा ब्रेल संस्करणको विमोचन गरेका थिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्